कविताः २०७२ माघ २४
देखेर मेरा यी नयनहरुले
तिम्रा ती सपनाहरु
वर्तमान बाँचीरहेछु ।
भुलेर सारा दुःखहरु जीवनका
तिमीसँगै बाँच्ने चाहले
बचेका केहि खुशीहरु सँगाली
भविष्य साँचिरहेछु ।।
छोडिदेऊ तिमी सोँच्न अरु केहि
दुनियाँ हामीलाई के भन्ला भनेर ।
बाँच्नुपर्छ सँगै हामी अब
जीवनका सबै ती अप्ठ्यारा
चट्टानहरु फोरेर ।।
थाहै छ तिमीलाई
बाँच्छन् ती ‘क्याक्टसहरु’ पनि
उजाड त्यो मरुभूमिमा
भोलिलाई फुल्नु छ भनेर ।
गरौँ संघर्ष जिन्दगीका
भइ दुई हामी एक
अतीतलाइ भुल्नु छ भनेर ।।