गजल : तिम्रो प्रेम लिला

मिति : २०७१ कात्र्तिक २०

हिँडेकै थिएँ आफ्नो बाटो पटक पटक तान्छौ किन ?दुखेको यो आलो घाउमा फेरी छुरा हान्छौ किन ?

घाइते बनाइ छाड्यौ तिम्ले चलमलाउनै नसक्ने गरी
अविश्वासका भाका राखी भेट्ने कसम खान्छौ किन ?

अति भयो तिम्ले गर्ने मसँगको अविश्वासी प्रेम लिला 
खोलीका दुई किनारालाई जोड्न व्यर्थै तान्छौ किन ?

चिरीदिन्छु छाती मेरो अब अविश्वासी नै ठान्छौ भने
आफैलाई छल्ने मनलाई फेरी सारादेव मान्छौ किन ?

सबैलाई जित्ने म आज आफ्नै मनसँग हारेको छु फेरी
त्याग नै गर्न सक्दिनौ भने झुठो माया गर्छु भन्छौ किन ?

About the author

Krishna Gahatraj

Leave a Reply

Your email address will not be published. Required fields are marked *

en_USEnglish