गजल

मिति : २०७३ श्रावण २

मैले घायल मुटुमा तीर रोपेर बाँचेको छु 
तिमले दिएका सबै पीर छोपेर बाँचेको छु ।

आलै छन् घाउहरु तिम्रो वियोगमा बनेका
सँगालेर छातिभित्र झीर रोपेर बाँचेको छु ।।

आउ बरु आफैँ तिमी नपठाउ तिम्रा यादहरु 
आफ्नै मुटुको योे डिल खोपेर बाँचेको छु । 

About the author

कृष्ण गहतराज

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ne_NPNepali