शिर्षक : वैसाखी

मितिः फेब्रुअरी ९, २०१६

बिसाएर भारी — ‘जिन्दगीको’
एकजोर ती वैसाखीहरुमा
चालेकी छिन् “उनी”ले 
संघर्षशील जिन्दगीको
एक महान् यात्रा । 

झरिन् होला कयौँ ओरालीहरु
“निराशाका”
चढिन् होला कयौँ उकालीहरु
“अदम्य सहासका”
लिएर भरोषा केवल
तिनै एकजोर वैसाखीको ।।

भाँचिए होलान् 
जीवनयात्रामा “उनी”का
सपनाहरु बोक्ने 
कयौँजोर तीे वैसाखीहरु
तर अँहँ 
टुटेका छैनन् “उनी”का
समाज बदल्ने ती अदम्य सहासहरु ।

पोखिदा सपनाहरु छताछुल्ल 
मान्छेहरुको भीडमा
हाँस्दा हुन् कति अ—मान्छे भएर 
तर पनि “उनी”
लरबराएका ती पाउहरुले
टेकेर धर्तीमा सहासले 
बटुलेर ठड्याएकी छिन् 
सपनाहरुको एउटा महल ।।।

रोइन् होला धेरै पटक जिन्दगीमा
राखेर साक्षी
तीनै एकजोर वैसाखीहरुलाई,  
छोइन् होला पटकपटक 
मागेर साथ
तीनै महत्वाकांक्षी सपनाहरुलाई्

हेर्दो हो यो समाज “उनी”लाई
आफ्नै एक दृष्ट्रिकोणले 
देख्दो हो पहिले “उनी”लाई
तीनै एकजोर वैसाखीहरुमा 
र,
भन्दो हो एक “असबल” नारी भनेर !!

त्यसैले भन्छिन् — “उनी”
बनाउनु छ एउटा
आफू जस्तै भइ बाँच्ने संसार 
जहाँ
मान्छे — मान्छे भएर बाँच्न पाओस् 
आत्मासम्मान र स्वाभीमानमा रम्न पाओस् !! 

About the author

Leave a Reply

Your email address will not be published. Required fields are marked *